२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यमनका पाँच वर्षमुनिका आधा बालबालिका कुपोषितः संयुक्त राष्ट्रसङ्घ

यमनका पाँच वर्षमुनिका आधा बालबालिका कुपोषितः संयुक्त राष्ट्रसङ्घ

860
Shares

संयुक्त राष्ट्रसङ्घका अनुसार यमनमा पाँच वर्षमुनिका प्रत्येक दुईमध्ये एक बालबालिका गम्भीर कुपोषणको शिकार छन् । तीमध्ये पाँच लाखभन्दा बढी घातक कुपोषणबाट प्रभावित छन् ।

संयुक्त राष्ट्रसङ्घीय बाल एजेन्सी युनिसेफले यमनमा एक दशकदेखि चलिरहेको द्वन्द्वले बाल्यकाल खोसेको र एउटा सम्पूर्ण पुस्तालाई बाँच्नको लागि सङ्घर्ष गर्न बाध्य पारेको चेतावनी दिएको छ, यद्यपि मानवीय सङ्कट बढ्दै गइरहेको छ ।

“पाँच वर्ष मुनिका दुई मध्ये एक बालबालिका तीव्र कुपोषित छन्,” युनिसेफका यमन प्रतिनिधि पिटर हकिन्सले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो ।

“ती मध्ये पाँच लाख ३७ हजार भन्दा बढी बालबालिकाहरू गम्भीर तीव्र कुपोषणबाट ग्रस्त छन् । यो अवस्था पीडादायी रहेको छ,” उनले बताए । “कुपोषणले प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ, विकास रोक्छ,” हकिन्सले उल्लेख गरे ।

“यमनमा, यो केवल स्वास्थ्य सङ्कट मात्र होइन । यो हजारौंको लागि मृत्युदण्ड हो ।”

यमनका हुथी विद्रोहीले देशको ठूलो भूभाग कब्जा गरेका छन् । उनीहरू सन् २०१५ देखि अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारलाई समर्थन गर्ने साउदी नेतृत्वको गठबन्धनसँग युद्धमा छन्, जसले ठूलो मानवीय सङ्कट निम्त्याएको छ ।

हकिन्सले पश्चिमी तटका केही क्षेत्रहरूमा गम्भीर कुपोषणको स्तर ३३ प्रतिशत पुगेको बताए । यो एक प्रकोप हो, जसमा हजारौं मानिस मर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij