काठमाडौैं – माछापुच्छ्रे क्यापिटल लिमिटेडले मिति २०८१ चैत्र ११ गते श्री नेपाल धितोपत्र बोर्डबाट निष्काशन तथा बिक्री प्रबन्धक तथा शेयर रजिष्ट्रेशनको अनुमति प्राप्त गरेको छ । अनुमति प्राप्त भए सँगै माछापुच्छ्रे क्यापिटल लिमिटेडले प्राथमिक सार्वजनिक निष्काशन, हकप्रद शेयर, ऋणपत्र तथा अन्य धितोपत्रहरुको निष्काशन, बिक्री तथा वितरण प्रक्रिया व्यवस्थापन गर्न सक्नेछ । साथै कम्पनीले शेयर रजिष्ट्रारको रुपमा शेयरधनीहरुको विवरण व्यवस्थापन, लाभांश वितरण, स्वामित्व हस्तान्तरण लगायतका थप सेवा प्रदान गर्न सक्नेछ ।
माछापुच्छ«े क्यापिटल लिमिटेड, माछापुच्छ«े बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लीक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ«े क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य तथा सामूहिक लगानी कोषको इजाजत प्राप्त गरि सेवा प्रदान गरिरहेको छ र हालसालै क्यापिटलले सामूहिक लगानी कोष अन्तर्गत आफ्नो पहिलो बन्दमुखी योजना “एमबीएल इक्विटी फण्ड” पनि सार्वजनिक निष्काशन गरि सम्पूर्ण इकाइहरु पूर्ण बिक्री गर्न सफल भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij