काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख (सीईओ) मा नारद लुईंटेल नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुईंटेललाई सीईओ नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि नेप्सेको सीईओका लागि उनीसहित चूडामणि चापागाईँ, पूर्ण प्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्यालले व्यावसायिक कार्य योजना प्रस्तुत गरेका थिए । उनीहरूको प्रस्तुतीकरणसँगै सिफारिस समितिको सिफारिसका आधारमा सरकारले नारदलाई सीईओ नियुक्त गरेको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij