काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज सोमबार २ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। आज सर्वोत्तम सिमेन्ट र मेरो माइक्रोफाइनान्सको बोनस शेयर सूचीकृत भएको हो। सर्वोत्तम सिमेन्टको ७ प्रतिशतले हुन आउने ३२ लाख ५५ हजार कित्ता बोनस शेयर र मेरो माइक्रोफाइनान्सको ७.५ प्रतिशतले हुन आउने ९ लाख ९० हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij