काठमाडौं – माछापुच्छ्रे क्यापिटलद्धारा ग्लोबल मनि विक २०२५ को अवसरमा मा नेपाल कर्मस क्याम्पस, मिनभवन काठमाडांैमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न ।
माछापुच्छ्रे क्यापिटल लिमिटेडले ग्लोबल मनि विक २०२५ को अवसरमा नेपाल कर्मस क्याम्पस मिनभवन काठमाडौँमा मिति २०८१ चैत १० गतेका दिन स्नातक तह (बि. बि. एस) संकाय तर्फका विद्यार्थीहरु बिच वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
ग्लोबल मनि विक २०२५ को “Think before you follow, wise money tomorrowÚ भन्ने स्लोगनलाई आत्मसाथ गर्दै, क्यापिटलले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । उक्त कार्यक्रममा स्नातक तहमा अध्यनरत विद्यार्थीहरुलाई शेयर बजार, Dmat, IPO, बैंकिङ्ग प्रणाली, शेयर कर्जा को उचित व्यवस्थापन, दीर्घकालीन वित्तीय योजना लगायतका विषयबस्तुबारे जानकारी तथा छलफल गरेको थियो । यस अभियानमार्फत, माछापुच्छ्रे क्यापिटले युवाहरूलाई आर्थिक रूपमा सबल बनाउन, जिम्मेवार वित्तीय निर्णय लिन र समग्र वित्तीय स्थायित्व कायम गर्न महत्वपूर्ण योगदान दिने अपेक्षा गरेको छ । माछापुच्छ्रे क्यापिटले यस्ता सचेतनामूलक कार्यक्रमहरू निरन्तर रुपमा गरिरहेकोे छ ।
माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लीक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij