२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा हरि गाैतम निर्विरोध निर्वाचित

वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा हरि गाैतम निर्विरोध निर्वाचित

860
Shares

 

 

काठमाडौं – उद्योगी हरि गौतम वीरगंज उद्योग वाणिज्य संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । संघको आइतबार सम्पन्न भएको कार्य समिति सदस्यको बैठकले सर्वसम्मतरूपमा गाैतमको नेतृत्वमा पदाधिकारी चयन गरेको हो ।

नवनिर्वाचित अन्य पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्ष माधव राजपाल, द्वितीय उपाध्यक्ष मनोज दास, महासचिव शिवजी प्रसाद कलवार, कोषाध्यक्ष अनोज रुंगटा, सचिव प्रेमचन्द्र गोयल, सुशान्त चाचान, सह–कोषाध्यक्ष निरज अग्रवाल, सहसचिव वाणिज्य नरेश टिवडेवाल र उद्योग सहसचिवमा अनुप अग्रवाल रहेका छन् । तृतीय उपाध्यक्ष तथा रोजगारदाता समितिको संयोजकको मनोनयन नयाँ कार्य समितिको पहिलो बैठकले गर्ने प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द खरेलले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij