काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप दुई कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । आइतबार सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको बोनश शेयर सूचीकृत भएको हो ।
आज नेप्सेमा सपोर्ट लघुवित्तको १३.७७५ प्रतिशत बराबर एक लाख ४८ कित्ता र सूर्योदय वोमि लघुवित्तको ६ प्रतिशत बोनश बराबर ६ लाख २६ हजार कित्ता शेयर सूचीकृत भएको छ ।
भोलि अर्थात सोमबारदेखि दोस्रो बजारमा कारोबार गर्न मिल्ने भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij