काठमाडौं – नेपाली बजारमा शुक्रबार सुनचाँदीको मुल्य घटेको छ । आज सुनको मुल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १ लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । विहिबार सुन १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मुल्य पनि तोलामा ३५ रुपैयाँले घटको छ । यससँगै आज चाँदी तोलामा १९ सय ९५ रुपैयाँमा कायम भएको छ। हिजो चाँदीको मुल्य तोलामा २ हजार ३० रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij