२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

1.2K
Shares

काठमाडौं – स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषाणा गरेको छ। संस्थाको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०।८१ का लागि वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १४ करोड ६१ लाख ३८ हजार ५८० रुपैयाँको कुल ५.२६३२ प्रतिशतले हुन आउने ७६ लाख ९१ हजार ५०४.२१ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको छ।

प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने ७३ लाख ६ हजार ९२९ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतले हुन आउने ३ लाख ८४ हजार ५७५.२१ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij