काठमाडौं – महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आज सातौं बार्षिक साधारणसभा अनमोल क्याटरिङ सर्भिस शंखमुल काठमाडौंमा सम्पन्न भएको छ । सभा कम्पनीका संचालक समितिका अध्यक्ष तारा कुँवरको अध्यक्षतामा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०८०।८१ को प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०८०।८१ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितको अनुसुचिहरु उपर छलफल गरी पारित गर्ने र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८१।८२ को लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा सुविधाको निर्धारण गर्ने सामान्य प्रस्ताव पारित गरेको छ ।
त्यसै गरीसभाले नियमावलीको नियम ३२ (ग) मा शंसोधन गर्ने र यस वित्तीय संस्थाले अन्य इजाजतपत्र प्राप्त “घ” वर्गका लघुवित्त संस्थाहरुलाई गाभ्ने।गाभिने, प्राप्ति (एक्विजिसन) तथा खरिद सम्बन्धी प्रक्रिया अगाडी बढाउनका लागि संस्थाले चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याङकन गर्न मान्यता प्राप्त मूल्याङकनकर्ता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने तथा गाभ्नेर गाभिने, प्राप्ति तथा खरिद सम्बन्धी समझदारी पत्र तर्जुमा गर्न र सो सम्बन्धी आवश्यक सम्पूर्ण प्रकृया पुरा गर्न संचालक समितिलाई वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी प्रदान गर्ने बिशेष प्रस्ताव पनि पारित गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij