काठमाडौं – डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल (डीबान)को अध्यक्षमा पुनः सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ निर्वाचित भएका छन्। बिहीबार पोखरामा आयोजना गरिएको एशोसियसनको १९ औं वार्षिक साधारणसभामा श्रेष्ठलाई अध्यक्ष पदमा पुनः सर्वसम्मति निर्वाचित गरिएको हो।
उक्त साधारण सभाले आगामी कार्यकालका उपाध्यक्षमा दिनेश थकाली (कामना सेवा बिकास बैंक), सचिवमा माधब प्रसाद उपाध्याय (गरिमा बिकास बैंक) र कोषाध्यक्षमा कपिल ढकाल (ज्योति विकास बैंक) लाई चयन गरेको छ।
यस्तै सदस्यमा नरेश सिंह बोहरा (लुम्बिनी विकास बैंक), प्रकाश पौडेल (साइन रेसुंगा डेभलपमेण्ट बैंक), दिपेश लम्साल (महालक्ष्मी बिकास बैंक), हरिबहादुर बुढाथोकी (ग्रिन डेभलपमेण्ट बैंक) र दिनेश पोखरेल (सप्तकोशी डेभलपमेण्ट बैंक) चयन भएका छन्।
१९औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को अनुमानित आय-व्यय र लेखापरीक्षक नियुक्ति लगायतका प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij