काठमाडौं – नेकपा (माओवादी केन्द्र)को जागरण अभियान आजदेखि पुनः सुरू हुँदैछ। फागुन १२ देखि सुरू भएको हुलाकी राजमार्ग केन्द्रित तराई-मधेस जागरण अभियान फागुन २४ गते स्थगित भएको थियो। बिहीबारदेखि पुनः सुरू हुन लागेको माओवादी केन्द्रका प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले बताएका छन्।
त्यसका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका पदाधिकारी बुधबार नै बारा पुगिसकेका छन्। जागरण अभियान अन्तर्गतको आजको कार्यक्रम बारामा हुनेछ। त्यसपछि शुक्रबार, पर्सा र शनिबार चितवनमा हुनेछ।
चितवनमा अभियान सकेर माओवादीका नेताहरू काठमाडौं फर्किनेछन्। काठमाडौंमा समाजवादी मोर्चाले चैत १५ गते विरोध सभा आयोजना गरेको छ। त्यसको तयारी गर्नका लागि माओवादी नेताहरू तीन दिनपछि पुन काठमाडौं फर्किने प्रवक्ता सापकोटाले जानकारी दिए।
चैत १५ गतेको विरोध सभा सकिएपछि माओवादीको अभियान गण्डक क्षैत्र हुँदै सुदूरपश्चिम पुग्ने बताइएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij