२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रोग्रेसिभ फाइनान्सको संस्थापक शेयर बिक्रीमा

प्रोग्रेसिभ फाइनान्सको संस्थापक शेयर बिक्रीमा

615
Shares

काठमाडौं – प्रोग्रेसिभ फाइनान्स  लिमिटेडको  संस्थापक  शेयर बिक्रीमा राखिएको छ। कम्पनीको १ लाख ८१ हजार ८३८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो। यो शेयर खरिदका लागि हाललाई कम्पनीका संस्थापक शेयरधनीहरुले मात्रै निवेदन दिन सक्नेछन्।

शेयर खरिदका लागि ३५ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको तीनकुनेस्थित कम्पनीको केन्द्रीय कार्यालयमा दिनुपर्नेछ।

तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij