काठमाडौं – एनसी एग्रो टेक इण्ड्रष्ट्रिज लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
सो सम्बन्धमा चैत ३ गते ग्लोबल आइएमई क्यापिटलको रजिष्टर्ड कार्यालयमा आयोजित एक कार्यक्रममा एनसी एग्रो टेक इण्ड्रष्ट्रिजको तर्फबाट अख्तियार प्राप्त सञ्चालक दिपक प्रसाद न्यौपाने र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट अख्तियार प्राप्त प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलले सम्झोतापत्रमा हस्ताक्षर गरे ।
कम्पनीले प्रतिसेयर अंकित मूल्य १ सय रुपैयाँ अंकित दरको १८ लाख कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्ने भएको हो ।
वि.सं. २०७५ कार्तिक ११ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको यस कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंको टोखा नगरपालिका–८ मा रहेको छ भने उत्पादन क्षेत्र पूर्व नवलपरासी, गैडाकोट–१४, नवलपुरमा अवस्थित छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij