२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

तनहुँकी २५ वर्षीया सरिश्मा गुरुङकाे फूल बिक्री गरेरै मासिक दुई लाख आम्दानी

तनहुँकी २५ वर्षीया सरिश्मा गुरुङकाे फूल बिक्री गरेरै मासिक दुई लाख आम्दानी

740
Shares
तनहुँ- यहाँको आँबुखैरेनी गाउँपालिका–३ की २५ वर्षीया सरिश्मा गुरुङले विसं २०७७ मा तीन हजार पाँच सय लगानी गरेर फूलको व्यापार सुरु गरीन।
फूलको व्यापार विस्तार गर्दै गुरुङले  सभा–सेमिनार, पास्नी, विवाहलगायतका उत्सवको सजावट गर्दै आइरहेकी  छीन । हाल उनले मासिक  दुई लाख आम्दानी लिने गरेको गुरुङले बताइन ।
गुरुङका अनुसार राम्रो कार्यक्रम भएमा सिजनमा महिनामै रु २० लाखसम्मको कारोबार हुन्छ । अन्य समयमा मासिक रु आठ–नौ लाखसम्म कारोबार हुने गरेको छ । खर्च कटाएर मासिक करिब  दुई लाख बचत हुने उनले बताइन ।
“पोखरा र काठमाडौँमा काम भइरहेको छ । ग्राहकलाई थप सहजता दिन काठमाडौँमा नयाँ शाखा खोल्ने तयारी गरेका छौँ”, गुरुङले भनिन् । । अब फूल व्यवसायलाई अझ व्यवस्थित बनाउन नर्सरी स्थापना गर्ने तयारी गरेको उनले जानकारी दिइन । “व्यवसाय विस्तारका लागि जग्गा खोजी भइरहेको छ, फूल तथा बिरुवा उत्पादन र बिक्री अझ प्रभावकारी बनाउनेछौँ”, उनले भनिन् ।।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij