२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गणतन्त्रात्मक शासन व्यवस्थाको रक्षाका लागि सरकारले जनताका पक्षमा काम गर्नुपर्छः सांसद सुवेदी

गणतन्त्रात्मक शासन व्यवस्थाको रक्षाका लागि सरकारले जनताका पक्षमा काम गर्नुपर्छः सांसद सुवेदी

995
Shares
काठमाडौँ-  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद विमला सुवेदीले पछिल्लो समय सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विरोध भइरहेकाले सरकारले जनताका पक्षमा प्रभावकारी काम गर्नुपर्ने खाँचो औँल्याएकी छिन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद सुवेदीले अहिलेको व्यवस्थाको रक्षाका लागि जनताका पक्षमा प्रभावकारी रुपमा काम गर्न सरकारको ध्यानाकर्षण गराएकी थिइन ।
राजतन्त्रवादीहरु व्यवस्थाकाविरुद्धमा लागेको उल्लेख गर्दै उहाँले बेलैमा सचेत रहन र गणतन्त्रप्राप्तिका लागि भएका योगदानको सम्मान गर्न सबैले ध्यान दिनुपर्ने खाँचो रहेको बताइन । सांसद सुवेदीले भनिन्, “यो लोकतान्त्रिक शासन व्यवस्थामा राजा ल्याउने सपना देख्न पाइन्छ तर राजतन्त्र फर्काउने कुरा सम्भव छैन । राजसंस्था फर्केला भनेर भ्रमको खेती गर्न पनि पाइन्न ।”
पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा दिने विषय बेठीक भएको भन्दै उहाँले आफ्नो पार्टीले यसको विरोध गर्ने बताइन । सांसद सुवेदीले बाँकेको बालेन्दु बालसुधार गृहका समस्या दीर्घकालीन रुपमा समाधानका लागि कानुनी र संरक्षणगत सुधार जरुरी रहेको समेत उल्लेख गरीन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij