काठमाडौं – नेपाल बैंक लिमिटेडमा ०.५ प्रतिशत भन्दा धेरै शेयर हुने शेयरधनीहरुको संख्या ४ पुगेको छ। आर्थिक वर्ष २०७९/८० मा बैंकमा ०.५ प्रतिशतभन्दा धेरै शेयर हुने शेयरधनीको संख्या ३ रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा बैंकमा ०.५ प्रतिशतभन्दा धेरै हुने शेयरधनीको संख्या ४ पुगेको हो ।
नेपाल बैंकमा नेपाल सरकारको सबैभन्दा धेरै ५१ प्रतिशत, कर्मचारी संचय कोषको ३.६४, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स ०.९६ प्रतिशत शेयर स्वामित्व रहेको छ। त्यसैगरी आर्थिक वर्ष २०८०/८१ मा ०.६३ प्रतिशत शेयर स्वामित्व सहीत बैंकको चौथो ठूलो शेयरधनीको रुपमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड भित्रिएको छ।
बैंकले यहि चैत्र ६ गते आर्थिक वर्ष २०८०/८१ को साधारणसभा बोलाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij