२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फरवार्ड माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

फरवार्ड माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

695
Shares

काठमाडौं- फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। लघुवित्तले ३ लाख ६३ हजार कित्ता संस्थापक शेयर सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो।

कम्पनीले उक्त शेयर प्रतिकित्ता न्यूनतम ५३१ रुपैयाँमा बिक्रीमा राखेको हो। खरिदकर्ताले आवेदन दिँदा घटीमा १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ भने बढीमा १०० ले निःशेष भाग जाने संख्यामा वा सम्पूर्ण कित्ता माग गर्न सकिने व्यवस्था गरिएको छ।

इच्छुक लगानीकर्ताले आज चैत ३ गतेदेखि १७ गतेभित्र आफूले किन्न चाहेको शेयर संख्या र सोको लागि मूल्य समेत तोकेर गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्ने सुचनामा उल्लेख गरिएको छ।

लघुवित्तको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij