२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा १ खर्ब नौ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा १ खर्ब नौ अर्ब राजस्व सङ्कलन

1.3K
Shares

पर्सा- वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा  १ खर्ब ९ अर्ब २२ करोड ८५ लाख राजस्व सङ्कलन गरेको छ । १ खर्ब ३९ अर्ब ७३ करोड राजस्व सङ्कलनको लक्ष्य थियो ।
भन्सार प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार राजस्व सङ्कलनमा क्रमशः सुधार भएको छ । चालु आव बाँकी चार महिनामा राजस्व सङ्कलनमा थप सुधार हुने उनको विश्वास छ । अन्य क्षेत्रको तुलनामा यहाँ पेट्रोलियम पदार्थ र सवारीसाधनबाट राजस्व सङ्कलन अधिक हुने गरेको छ ।
वीरगञ्ज भन्सारले चालु आवको साउनमा  १२ अर्ब १५ करोड भदौमा  १३ अर्ब ४२ करोड,असोजमा  १३ अर्ब ४७ करोड कात्तिकमा  ११ अर्ब १० करोड र मङ्सिरमा भने  १४ अर्ब ४० करोड राजस्व सङ्कलन गरेको थियो ।

यसैगरी, पुसमा चालु आवको सबैभन्दा धेरै अर्थात्  १५ अर्ब ४७ करोड र माघमा  १४ अर्ब ४४ करोड र फागुनमा  १४ अर्ब ६३ करोड राजस्व असुली भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij