काठमाडौं हिमालयन ब्रोकरेज कम्पनी लिमिटेड र आईटीसी व्युटी पार्लर ट्रेनिङ सेन्टर व्युटी क्लिनिक बीच ब्रोकर सम्बन्धी कार्यलाई गाउँगाउँसम्म विस्तार गर्ने लक्ष्य सहित छुट सम्बन्धि सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा ब्रोकरका तर्फबाट सहायक महाप्रवन्धक रामचन्द्र रिमाल र व्युटी सेन्टरका तर्फबाट संस्थापक शोभा अर्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सो सम्झौता अनुसार आईटिसि व्युटी पार्लर ट्रेनिङ सेन्टर (ब्लोशम व्युटी क्लिनिक)बाट सेवा लिदैँ आएका ग्राहकहरुलाई हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडमा डिम्याट खाता खोल्दा ५० प्रतिशतसम्म छुट दिइने सहायक महाप्रवन्धक रामचन्द्र रिमालले जानकारी दिए ।
साथै, हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडमा डिम्याट खाता खोलेका ग्राहकहरुलाई व्युटी सम्बन्धी कोर्ष तथा पार्लरसँग सम्बन्धित सेवाहरुमा ३० प्रतिशतसम्म छुट सहित सेवा दिइने संस्थापक शोभा अर्यालले जानकारी दिइन्।
हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडले २०८० जेठ ९ गते नेपाल धितोपत्र बोर्डबाट सिमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको अनुमती लिई २०८० को जेठ २८ गतेबाट का.म.न.पा वडा नं. २९, पिपलबोट डिल्लीबजार केएल कम्प्लेक्स काठमाडौंबाट ग्राहकहरुलाई सेवा दिँदै आइरहेको छ ।
आईटिसी व्युटी पार्लर ट्रेनिङ सेन्टर (ब्लोशम व्युटी क्लिनिक) ले काठमाडौं का.म.न.पा वडा नं. ३०, पिपलबोट डिल्लीबजार केएल कम्प्लेक्स लगायत चितवनमा भरतपुर पुल्चोक मैयादेबी, बुटवलमा ट्राफिक चोक, दाङमा घोराही शहिदगेट, पोखरामा न्युरोड र इटहरीमा इटहरी चोकमा शाखा कार्यालय खोली सेवा दिँदै आइरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij