काठमाडौं – नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील देव सुवेदी नियुक्त भएका छन् । कार्यकारी निर्देशकमा बढुवा भएका सुवेदी आजदेखि कार्यभार सम्हालेका छन्।
बीमा प्राधिकरणको सञ्चालक समितिको आज बसेको बैठकले पदपूर्ति समितिको सिफारिसमा निर्देशक सुवेदीलाई कार्यकारी निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको हो।
पदपूर्ति समितिले कार्य सम्पादन मूल्यांकनका आधारमा सुवेदीलाई कार्यकारी निर्देशक पदमा बढुवा गर्न गरेको सिफारिस गरेको थियो। पदपूर्ति सिफारिस समितिले प्रकाशन गरेको सूचनाअनुसार तीनजना उम्मेदवारमध्ये सुवेदीले सर्वाधिक ७७.१९४ अंक प्राप्त गरेका थिए।
समितिको बढुवासम्बन्धी सिफारिस सञ्चालक समिति बैठकले आज अनुमोदन गरेको हो। गत माघ २३ गते समितिले सुवेदीलाई कार्यकारी निर्देशकमा बढुवा गर्न सिफारिस गरेको थियो । सुवेदीले आजको मितिले ५ वर्षसम्म कार्यकारी निर्देशकका रुपमा प्राधिकरणमा काम गर्नेछन्।
सुवेदी प्राधिकरण सञ्चालक समितिको सचिव एवं प्रवक्ताको समेत जिम्मेवारीमा छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij