२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन बैंकको क्रेडिट कार्ड कर्जा नतिर्ने २५ जनाको नाम सार्वजनिक

हिमालयन बैंकको क्रेडिट कार्ड कर्जा नतिर्ने २५ जनाको नाम सार्वजनिक

1K
Shares

काठमाडौं-  हिमालयन बैंक लिमिटेडले क्रेडिट कार्डमा कर्जा लिएर ऋण नतिर्ने २५ जनाको नाम सार्वजनिक गरेको छ । बैंकले एक सूचना प्रकाशन गर्दै बैंकको क्रेडिट कार्ड प्रयोग गरी साँवा र ब्याज नतिर्ने ऋणीहरूको नाम सार्वजनिक गरेको हो । क्रेडिट कार्ड कर्जाका ऋणीहरूलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न अनुरोध गरेको छ ।
बैंकले उनीहरूलाई पटक(पटक लिखित तथा मौखिक ताकेता गरेर ऋण तिर्न आग्रह गरिरहेको छ । तर, क्रेडिट कार्ड होल्डरहरूले आग्रह नमानेपछि तीनपुस्ते विवरणसहित सार्वजनिक सूचना नै निकालेको बैंकले जनाएको छ ।

सम्पूर्ण साँवा, ब्याज, हर्जाना ब्याज तथा अन्य रकम ३५ दिनभित्र नबुझाएमा कानुन बमोजिम अघि बढ्ने बैंकको भनाइ छ । साथै ऋणीलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij