काठमाडौं – सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ । बैंकले १० हजार ९८२ कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्रीगर्न लागेको हो । बैंकले यसअघि संस्थापक शेयरधनीहरुका लागि बिक्रीमा राखेको शेयर संस्थाक शेयरधनीबाट कुनै पनि आवेदन नपरेपछि सो शेयर सर्वसाधारणमा बिक्री खुला गरेको हो ।
बैंकले उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ६५५ रुपैयाँ निर्धारण गरेको छ। शेयर किन्न इच्छुकले चैत १४ गतेभित्र विराटनगरस्थित बैंकको कर्पोरेट कार्यालयमा निवेदन दिनु पर्नेछ।
त्यसैगरी बैंकले ५ हजार ४ सय कित्ता सेयर बिक्रीमा राखेकाे छ। उक्त सेयरको मूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको छ । बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिमा बिक्री नभएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij