२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ग्रीन डेभलपमेन्ट बैंकको सीईओमा हरि बहादुर बुढाथोकी पुनः नियुक्त

ग्रीन डेभलपमेन्ट बैंकको सीईओमा हरि बहादुर बुढाथोकी पुनः नियुक्त

990
Shares

काठमाडौं-  ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओमा) हरि बहादुर बुढाथोकी पुनः नियुक्त भएका छन् । मंगलवार बसेको बैंकको संचालक समितिको बैठकले बुढाथोकीलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कास्कीस्थित पोखरा स्थायी ठेगाना भएका बुढाथोकीको पदावधि यही फागुन मसान्तसम्म मात्रै रहेको थियो। त्रिभुवन विश्व विद्यालयवाट वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेका बुढाथोकीसँग बैंकिङ्ग क्षेत्रमा दुई दशक बढीको कार्य अनुभव छ ।  सञ्चालक समितिको बैठकले उनलाई चैत १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षको लागि पुनः सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij