२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज शेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार

आज शेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार

710
Shares

काठमाडौं – आज साताको तेस्रो दिन म‌गलबार  पनि शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३२.२१ अंकले घटेर २,७१९ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३०३ कम्पनीको १ करोड ५५ लाख ५९ हजार ६८३ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३९ करोडको शेयर कारोबार भएको छ ।

अन्य सबै उपसूचक राताम्य हुँदा विकास बैंक बढेको छ । यसदिन विकास बैंकको शेयर मूल्य १.९३ प्रतिशतले बढेको हो । आज ३२ कम्पनीको शेयर मूल्य बढेको छ भने २०९ कम्पनीको शेयर मूल्य घटेको छ ।  ३ कम्पनीको शेयर मूल्य भने स्थीर रहेकाे छ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५८ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij