२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनसरीका तीन पालिकाले सडकबत्तीको पाँच करोड बक्यौता तिर्न बाँकी

सुनसरीका तीन पालिकाले सडकबत्तीको पाँच करोड बक्यौता तिर्न बाँकी

1.2K
Shares
सुनसरी- सुनसरीका तीन स्थानीय तहले सडकबत्तीको  पाँच करोड ९१ लाख ६० हजार बक्यौता तिर्न बाँकी रहेको छ ।  इटहरी उपमहानगरपालिका, रामधुनी नगरपालिका र बराक्षेत्र नगरपालिकाले सडकबत्तीको बक्यौता तिर्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण इटहरी वितरण केन्द्रका प्रमुख रामउदगार साहले जानकारी दिए। बक्यौता तिर्न पटक–पटक सूचना जारी गरे पनि हालसम्म नतिरेको उनले बताए । इटहरी उपमहानगरपालिकाले रु तीन करोड ७७ लाख ४० हजार, बराहक्षेत्र नगरपालिकाले एक करोड ३५ लाख २५ हजार र रामधुनी नगरपालिकाले रु ७८ लाख ९४ हजार बक्यौता तिर्न बाँकी रहेको छ ।
प्रमुख साहले भने, “बक्यौता रकम तिर्न पालिकालाई पत्र पठाउँदै आएका छौँ ।” इटहरी वितरण केन्द्रका सूचना अधिकारी सुरज गोसाईंका अनुसार प्रत्येक महिना सडकबत्तीको बिल पालिकालाई पठाउने गरिएको छ । प्राधिकरणले बक्यौता नतिर्नेको विद्युत्को लाइन काट्दै आएको छ । चालू आर्थिक वर्ष २०८१/८२ मा साउन महिनायता १२ हजार ८२ जनाको लाइन काटिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij