२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन्स बैंकका ग्राहकलाई जननी फर्टिलिटी क्लिनिकमा छुट

सिटिजन्स बैंकका ग्राहकलाई जननी फर्टिलिटी क्लिनिकमा छुट

1.5K
Shares

काठमाडौं औ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ललितपुरको कुपण्डोलस्थित जननी फर्टिलिटी क्लिनिकबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ।

सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले जननी फर्टिलिटी क्लिनिकमा ५ प्रतिशत औषधी छुट, १० प्रतिशत प्याथोलोजी टेस्टर छुट र डाक्टर परामर्शमा ५० प्रतिशतसम्म आकर्षक छुट पाउनेछन्।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ। बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साह गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ। डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

विश्वकै प्रतिष्ठित अवार्ड “बैंक अफ द ईयर २०२४” को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअलक्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ। यसका साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ।

यस बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९९ वटा शाखा, १६६ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij