काठमाडौं – स्वास्थ्य बीमा बोर्डको रिक्त रहेको कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिसमा परेको छ । निर्देशक पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले सरकार समक्ष तीन जनाको नाम सिफारिस गरेको हो ।आवेदन दिएकामध्ये प्रस्तुतीकरण र अन्तर्वार्तामा उच्च अंक ल्याउने तीन जनाको नाम सिफारिस गरेको हो।
सिफारिसमा पर्नेहरूमा कमल पन्थी, डा.कृष्णप्रसाद अधिकारी र डा.रघुराज काफ्ले रहेका छन्। समितिले आवेदन दिएका १० जनासँग १८ र १९ फागुनमा प्रस्तुतीकरण र अन्तर्वार्ता गराएको थियो। सिफारिसमा परेका तीन जनामध्ये एक जनालाई मन्त्रिपरिषद्ले कार्यकारी निर्देशकमा नियुक्त गर्ने छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij