२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सोमबार ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ हुने

सोमबार ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ हुने

1.1K
Shares

काठमाडौं –  अन्तरराष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा सोमबार यहाँ ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ हुने भएको छ । सम्मेलनको प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले उद्घाटन गर्ने कार्यक्रम छ ।

सम्मेलनमा पूर्वप्रधानन्यायाधीश तथा न्यायाधीशहरु,सर्वोच्च, उच्च र जिल्ला अदालतका बहालवाला महिला न्यायाधीशहरु गरी ६० जनाको सहभागिता रहनेछ ।
सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लका अनुसार सम्मेलनमा महिला न्यायाधीशका अनुभव तथा कार्यगत चुनौती तथा व्यवस्थापन र व्यावसायिक क्षमता अभिवृद्धिका सम्बन्धमा विचार आदानप्रदान गरिनेछ ।

यसअघि गत चैत ९ गते महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij