२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अवैध निजी अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

अवैध निजी अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

760
Shares
रौतहट  – मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रुपमा सञ्चालन भइरहेका अस्पताल बन्द गर्न निर्देशन दिनुभएको छ ।
आज रौतहटको गरुडा बजारमा सञ्चालित १० वटा अस्पतालको अनुगमनका क्रममा सबै अस्पतालमा कागजपत्र नभेटिएपछि बन्द गर्न निर्देशन दिए । गरुडाका १० वटै अस्पताल मापदण्ड विपरीत सञ्चालन गरेको भेटिएको मुख्यमन्त्री सिंहले बताए ।
मुख्यमन्त्री सिंहसहितको अनुगमन टोलीले गरुडा–५ शिवनगरमा रहेको आन्नद अस्पताल तथा अकुपञ्चर सेन्टर प्रालि, गरुडा सिटी अस्पताल प्रालि, अनामिका अस्पताल प्रालि, नेत्र ज्योति आइ अस्पताल, गौर आँखा अस्पताल, गरुडा अस्पताल, रोम अस्पताल प्रालि, होप अस्पताल प्रालि, सनसिटी अस्पताल र सरस्वती अस्पताल प्रालिको अनुगमन गरेको अनुगमन समितिका सदस्य सचिव तथा जनस्वस्थ्य अधिकृत सन्तोष ठाकुरले जानकारी दिए।
अनुगमन गरेका सबै अस्पताल अवैध रहेको ठाकुरले जानकारी दिए। शिवनगरमा रहेको आन्नद अस्पताल तथा अकुपञ्चर सेन्टर प्रालिले गरुडा नगरपालिकाबाट २५ शय्याको अनुमति लिएर ५० शय्या सञ्चालन गरेको उहाँले जानकारी दिए । नगरपालिकाबाट १५ शय्याको मात्रै अनुमति दिने व्यवस्था छ ।
गत शनिबार पनि मुख्यमन्त्रीसहितको अनुगमन टोलीले चन्द्रनिगाहपुरको ११ वटा अस्पतालको अनुगमन गरेको थियो । जसमा १० वटा अस्पतालले अनुमति नलिएको भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij