काठमाडौं – नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको अध्यक्षमा पृथ्वी बहादुर पाँडे चयन भएका छन् । बैंकको मंगलबार बसेको संचालक समितिको ६१७ औं बैठकको निर्णयले पृथ्वी बहादुर पाँडेलाई सर्वसम्मत रुपमा संचालक समितिको अध्यक्ष पदमा चयन गरेको हो ।
बैंकको फागुन १५ गते सम्पन्न ३८ औं वार्षिक साधारणसभा पश्चात भएको निर्वाचनमा संस्थापक समुह तर्फबाट पृथ्वी बहादुर पाँडेसहित प्रजन्य राजभण्डारी, मदन कुमार आचार्य र दिपंकर शाक्य उदय निर्विरोध निर्वाचित भएका थिए । सर्वसाधारण सेयरधनी समुहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदको निर्वाचनमा कवि कुमार टिबरेवाला र शालिक राम बेल्बासे निर्वाचित भएका थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij