काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्यतोलामा ३ सय रुपैयाँले बढेको हो। प्रतितोला छापावाल सुन १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन तोलामा १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मुल्य पनि तोलामा ३५ रुपैयाँले बढेर १ हजार ९८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मुल्य तोलाको १ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij