काठमाडौं –स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
लघुवित्तको फागुन २० गते बुधबार बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने घोषणा हो । लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.६२ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । जस मध्येमा १३.८९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७३१२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij