काठमाडौं – लक्ष्मी सनराइज बैंक लिमिटेडको संस्थापक शेयर बिक्री राखिएको छ। बैंकको संस्थापक समूहको १० लाख २४ हजार ६८५ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्।
इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको हात्तीसारस्थित बैंकको मुख्य कार्यालयमा दिनुपर्नेछ।
तोकिएको मितिभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij