काठमाडौं – बिवाइडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बिवाइडी हाई–टेक विक सम्पन्न गरेको छ । उक्त विकमा बिवाइडी एट्टो ३ को १० लाख १० हजार ग्लोबल माइलस्टोन डेलिभरी गरेको कम्पनीले बताएको छ।
यो ऐतिहासिक उपलब्धिले इलेक्ट्रिक मोबिलिटीमा भइरहेको विश्वव्यापी रुपान्तरण र यसको एक महत्वपूर्ण बजारको रुपमा नेपाल रहेको तथ्यलाई पुनः पुष्टि गर्नुका साथै देशमा बढ्दो बिवाइडीको उपस्थितिलाई समेत दर्शाएकाे छ।
नेपालमा सफलतापूर्वक सम्पन्न भएको बिवाइडी हाई–टेक विकको स्मरणमा साइमेक्स इंकले सो इभेन्ट अवधिमा बुकिङ गरिएका सबै बीवाइडी विद्युतीय सवारी साधनमा १० वर्ष वा २ लाख किलोमिटर वारेन्टी उपलब्ध गराएको छ।
सो अफर आगामी मार्च ९ सम्म जारी रहने कम्पनीले बताएको छ। हाई–टेक विकको अवसरमा अवलोकनकर्ताहरुले विभिन्न सवारी साधनमा भएका प्रविधिको अभुतपूर्व प्रदर्शन अनुभव गर्ने अवसर पाएका छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij