२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गोरखा माइक्रो दुर्घटना: एक जनाको मृत्यु, १४ घाइते

गोरखा माइक्रो दुर्घटना: एक जनाको मृत्यु, १४ घाइते

785
Shares

काठमाडौं – गोरखाको शहीद लखन गाउँपालिका -३ मा माइक्रोबस दुर्घटना हुँदा मृत्यु एक जनाको मृत्यु भएको छ। १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

मनकामना मन्दिर दर्शनार्थी सवार ‘अनटेस्ट’ ईभी माइक्रोबस आज बिहान ११ : २५ बजे आँबुखैरेनी–गोरखा सडकखण्डमा दुर्घटना भएको थियो ।
दुर्घटनामा मृत्यु हुनेमा चितवन खैरहनी गाउँपालिका -२ टाँडी पर्साका ३७ वर्षीय पदमबहादुर जर्जी रहेका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् । उनीहरु सबै खैरहनी गाउँपालिका – २ कै रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij