२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

डिएलए निर्वाचनः माओवादीसँग सहकार्य गर्ने एमाले निकट कानून व्यवसायीको प्रयासमा एमाले नेतृत्वको आपत्ति

डिएलए निर्वाचनः माओवादीसँग सहकार्य गर्ने एमाले निकट कानून व्यवसायीको प्रयासमा एमाले नेतृत्वको आपत्ति

1.3K
Shares
काठमाडौं- यही चैत्र २३ गतेबाट शुरु हुने नेपाल बार एसोसिएसनको २७ औं केन्द्रीय कार्य समिति निर्वाचनमा माओवादी निकट कानून व्यवसायीको संस्था गणतान्त्रिक कानून व्यवसायी संगठनले वरिष्ठ अधिवक्ता रमण श्रेष्ठलाई अध्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको छ । अध्यक्ष पुष्पकमल दाहालनिकट श्रेष्ठ महान्यायाधिवक्ता रहिसकेका छन् ।
उनलाई बार निर्वाचनमा प्रगतिशिलहरुका तर्फबाट साझा उम्मेदवार बनाउने प्रयासस्वरुप संगठनले एमाले निकट प्रगतिशिल कानून व्यवसायी संगठनको समर्थन खोजेको छ । प्रगतिशिलले वरिष्ठ अधिवक्ता टिकाराम भट्टराइलाई उम्मेदवार बनाउने तयारी गर्दै गर्दा एक समूहले भने श्रेष्ठलाई नै समर्थन गरेर गठबन्धन गर्ने प्रयास गरेको छ । कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसनविरुद्ध वाम गठबन्धन गर्ने प्रयास नेतृत्वसमक्ष पुगेको बताइन्छ ।
रमण श्रेष्ठलाई सघाउने गरी प्रस्ताव आए पछि एमाले नेतृत्वले भने तीव्र रोष प्रकट गरेको छ । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रस्ताव ठाडै अस्वीकार गरेको जानकार श्रोतको दावी छ । हामी अहिले काँग्रेससँग गठबन्धन गरेर सरकारमा छौं, उनले भने, यस्तोमा हामीलाई धोका दिने माओवादीसँग कसरी सहकार्य हुन्छ ? उनले सके डिएलए नभए एक्लै चुनाव लड्न पिएलए तयार हुनुपर्ने बताएको बैठकमा सहभागी नेताले बताएका छन् । डिएलएमा वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, विजय मिश्र तथा योगेन्द्र क्षेत्री टिकटका दावेदार छन् । डिएलएले पूर्व अध्यक्षहरुसहितको छनौट समिति गठन गरेर नाम तय गर्दैछ । सत्तरुढबीच नै फरक गठबन्धन बन्ने गृहकार्यको कांग्रेस एमाले दुवै दलका नेताले आपत्ति जनाएकाले चुनावअघि वाम गठबन्धन हुन्छ कि सत्ता गठबन्धन वा बेग्ला बेग्लै चुनाव त्यो भने हेर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij