२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको साधारण सभा आब्हान, बुक क्लोज कहिले ?

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको साधारण सभा आब्हान, बुक क्लोज कहिले ?

1.2K
Shares

काठमाडौैं – सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले  साधारण सभा आब्हान गरेको छ ।  गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। इन्स्योरेन्स्ले चैत ८ गते, शुक्रबार, अनमोल बैंक्वेट, शंखमुल, नयाँ बानेश्वर, काठमाडौँमा आठौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १.२४८९ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने, सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्च अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले फागुन २५ गतेसम्म कायम शेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij