काठमाडौं – नेपाली बजारमा बिहीबार सुनको घटेको छ । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाल सुन एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ बढेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार ९४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij