काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। हकप्रद शेयर निष्काशन प्रयाजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजना गरी नयाँ मूल्य निर्धारण गरेको हो।
यस दिन नेप्सेले कम्पनीको १०० प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य ३४९ रुपैयाँ ५० पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार कम्पनीको शेयर प्रतिकित्ता ५९९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्नेछ। यस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँबराबरको १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij