२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन – पूर्व उपराष्ट्रपति पुन

गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन – पूर्व उपराष्ट्रपति पुन

1.6K
Shares

गोरखा – पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको आन्दोलन सम्भव नहुने बताएका छन् ।
बारपाक सुलिकोट गाउँपालिकाले आज जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको २९औँ स्मृति दिवसको अवसरमा आयोजना गरेको सहिदपरिवार सम्मान तथा प्रगतिशील साहित्यिक गोष्ठी एवं बलिदानी दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘‘गणतन्त्रमाथि चौतर्फी हमला भइरहेको छ, दुई पटक उपराष्ट्रपति पनि भएँ तर गणतन्त्रमार्फत प्राप्त समानुपातिक समावेशी अधिकार कसरी हत्याउन सकिन्छ, भनेर प्रतिगामी शक्ति क्रमशः हाबी हुँदै गएको मैले देखेँ ।’’

नेपाली जनता संविधानले निर्दिष्ट गरेको बाटोमा अघि बढ्न चाहेको उनले बताए । संविधानले समाजवादको परिकल्पना गरेकाले पूर्वउपराष्ट्रपति पुनले समाजवाद प्राप्तिपछि मात्र सहिदहरुको सपना सार्थक हुने उल्लेख गरे । जनताका आवश्यक एकैचोटी पूरा हुन नसक्ने भए पनि पार्टीहरुले निरन्तर जनताको पक्षमा काम गर्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij