काठमाडौं – साताको तेस्रो कारोबारका दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.१३ अकंले बढेर २७६५.८८ बिन्दुमा कायम भएको छ । आज ३१२ कम्पनीको १ करोड ७८ लाख ६५ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ९० करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ ।
मंगलबार १०४ कम्पनीको मूल्य बढेको छ भने १३२ कम्पनीको घटेको छ । ९ कम्पनिको शेयर मुल्य भने स्थिर रहेको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब २ करोड माथिको शेयर कारोबार भएको छ ।
यसदिन अन्य समूहको २.९० प्रतिशतले बढेको हो भने व्यापार समूहको २.५१ प्रतिशतले शेयर मूल्य घटेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij