२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एकै महिनामा प्रहरीद्वारा ५२ करोड बढी राजस्व सङ्कलन

एकै महिनामा प्रहरीद्वारा ५२ करोड बढी राजस्व सङ्कलन

1.1K
Shares
काठमाडौं  – नेपाल प्रहरीले विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका क्रममा एकै महिनामा रु ५२ करोड ४७ लाख बढी राजस्व सङ्कलन गरेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले गत माघ महिनामा देशभरबाट रु ५२ करोड ४७ लाख छ हजार आठ सय ७९ रूपैयाँ राजस्व सङ्कलन गरेको जानकारी दिए।
सबैभन्दा बढी अदालती फैसला कार्यान्वयनमा राजस्व सङ्कलन गरिएको छ । फरार अपराधी पक्राउलगायतबाट मात्रै  २३ करोड ९२ लाख ९१ हजार बढी राजस्व सङ्कलन गरिएको छ । यो कुल राजस्व सङ्कलनको ४५ प्रतिशतभन्दा बढी हो ।
त्यसपछि भन्सार छलिका मालसामान बरामदबाट  १६ करोड २७ लाख राजस्व सङ्कलन गरिएको छ । त्यसैगरी ट्राफिक कारबाहीबाट  ९ करोड ५९ लाख, अवैध सुनचाँदी बरामदबाट  एक करोड, हुण्डी कारोबार गर्नेबाट ३७ लाख राजस्व सङ्कलन गरिएको प्रवक्ता आचार्यले बताए।
उनका अनुसार स्रोत नखुलेको रकम ८१ लाख, अवैध नदीजन्य पदार्थ उत्खनन् नियन्त्रणका क्रममा  २२ लाख ५३ हजार, अवैध काठ बरामदबाट आठ लाख ९१ हजार र अवैध पशुपन्छी नियन्त्रणबाट  १५ लाख ७१ हजार राजस्व सङ्कलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij