काठमाडौं – नेपाली बजारमा फागुन १३ गते, मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो । आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको हो । आज छापावाल एक लाख ७१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यो मुल्य हालसम्मकै उच्च हो । आईतबारको छापावाल एक लाख ७० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार चाँदीको मूल्य प्रतितोला एक हजार ९८५ रुपैयाँमा किनबेच भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij