काठमाडौं – आज दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको हकप्रद शेयर शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कम्पनीले चुक्तापुँजीको १ः१ अनुपात अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्न फागुन १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज फागुन १३ गतेसम्म कायम शेयरधनीहरु मात्रै यो कम्पनीको हकप्रद शेयर भर्न पाउनेछन्।
फागुन १४ गते महाशिवरात्रि परेकोले सार्वजनिक बिदा रहेकोले आजसम्म कायम शेयरधनीले मात्रै हकप्रद भर्न पाउनेछन् । कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँबराको हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर जारी गर्नेछ।
हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँ पुग्नेछ। हकप्रद शेयर निष्काशनको लागि सानिमा क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij