काठमाडौं – साताको दोस्रो कारोबारका दिन आज शेयर बजार नेप्से परिसूचक ३.३५ अंकले बढेर २,७५८ को विन्दुमा कायम भएको छ ।
आज दिनभरिमा ३१० कम्पनीको २ करोड ११ लाख १० हजार ६१९ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ८ करोड माथिको शेयर कारोबार भएको छ । आज ९० कम्पनीको शेयर मूल्य बढ्दा १४५ को घटेको छ । साथै, ९ कम्पनीको भने शेयर मूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८९ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।
त्यस्तै,फाइनान्स समूह सबैभन्दा धेरै १.२१ प्रतिशतले घटेको छ विकास बैंक ०.०९, होटल तथा पर्यटन ०.८७, हाइड्रोपावर ०.१५, जीवन बीमा ०.९२, माइक्रो फाइनान्स ०.६३, निर्जीवन बीमा ०.७४ र व्यापार ०.२६ प्रतिशतले गिरावट आएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij