काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । सिफारिस समितिले सोमबार एक सूचना जारी गर्दै इच्छुक उम्मेदवारहरूलाई आवेदन दिन आग्रह गरेको छ ।
सीइओ नियुक्तिको लागि गठित सिफारिस समितिले आज फागुन १२ गते सर्वजनिक सूचना जारी गर्दै ७ दिन भित्र अर्थात् फागुन १८ गतेसम्म आवेदन दिन भनेको छ।
सीईओ पदका लागि आवेदन दिने इच्छुक नेपाली नागरिकहरूले फागुन १८ गतेभित्र सिंहदरबारस्थित अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij