२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चेक रिपब्लिक पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

चेक रिपब्लिक पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

1.5K
Shares

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा दमक नगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-७ बस्ने २७ वर्षीय डाईमण्ड सम्बाहाम्फेलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

डाईमण्डले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ३८ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-७ बाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij