२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चलनचल्तीमा रहेका एक र दुई रुपैयाँको सिक्का राष्ट्र बैंकले साटिदिने

चलनचल्तीमा रहेका एक र दुई रुपैयाँको सिक्का राष्ट्र बैंकले साटिदिने

1.4K
Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकले हाल चलनचल्तीमा रहेका रु.१ र रु.२ का सिक्का सटही गर्न सकिने व्यवस्था गरेको छ । राष्ट्र टक्सार महाशाखाबाट रु.१ र २ का सिक्का सटही गर्न सकिने व्यवस्था गरिएको हो ।

आफूसँग भएका चलनचल्तीमा रहेका रु. १ र रु.२ का कम्तीमा रु.१०० बराबरका सिक्का राष्ट्र बैंकको टक्सार महाशाखा, बबरमहलबाट सटही गरी सो बापतको रकम प्राप्त गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij