२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से ३.१४ अंकले बढ्यो, ८ अर्ब ६२ करोडको कारोबार

नेप्से ३.१४ अंकले बढ्यो, ८ अर्ब ६२ करोडको कारोबार

1.3K
Shares

काठमाडौं – आज साताको अन्तिम दिन विहिबार नेप्से परिसूचक ३ दशलमव १४ अंकले बढेर २,७४३ को विन्दुमा कायम भएको छ । आज ३०९ कम्पनीको १ करोड ५६ लाख ३७ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६२ करोडमाथिको शेयर कारोबार भएको छ । आज ८१ कम्पनीको शेयर मूल्य बढेको छ भने १५८ कम्पनीको मूल्य घटेको छ । ५ कम्पनिको शेयरमुल्य भने स्थिर रहेको छ ।

आज निर्जीवन बीमा कम्पनीको ०.६४, अन्य ०.५७ प्रतिशत शेयर बढेको छ भने। बैंकिङ ०.५५, विकास बैंक ०.५२, फाइनान्स ०.१७, होटल तथा पर्यटन ०.३१, हाइड्रोपावर ०.७५, लगानी ०.३७, उत्पादन ०.८१ र माइक्रोफाइनान्सको ०.३० प्रतिशत घटेको छ ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको कारोबार भएको छ । आज यस कम्पनीको ६५ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij